Market Closed

एनएमबिसँग मर्जमा जान ओमले बोलायो एजीएम, सेयर स्वाप रेसियो पारित गर्ने

21 Jul,2019
  • Om-development-bank-_2_26_2018_10_49_25.jpg
नेपाली पैसा
 
काठमाडौं : ओम डेभलपमेन्ट बैंकले साउन २७ गते वार्षिक साधारण सभा गर्ने भएको छ । ओमले एनएमबि बैंकसँग मर्जरमा जाने विशेष प्रस्ताव सभामा पेश गर्नेछ । यस्तै, सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको सेयर स्वाप रेसियो पारित गर्ने प्रस्ताव पनि रहेको छ ।
 
ओम र एनएमबिले जेठ २ गते मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । साथै, यी दुर्व बैंकलाई मर्जरमा जान राष्ट्र बैंकले सैद्धान्तिम सहमति प्रदान गरिसकेको छ । केन्द्रीय बैंकले असार ८ गते पत्र पठाएर सैद्धान्तिक सहमति दिएको थियो ।
 
मर्जरपछि बन्ने बैंकको नाम एनएमबि बैंक नै रहने छ । मर्जर प्रक्रियामा रहेका कारण हाल यी दुवै बैंकको सेयर कारोबार रोक्का रहेको छ । साधारण सभा होटल पोखरा ग्रान्ड, घरीपाटन पोखरामा बिहान ९ बजे सुरु हुनेछ । 

ओमको वार्षिक साधारण सभा सम्बन्धी जानकारी यहाँबाट हेर्नुहोस् ।

Post Your Comment