Market Closed

ओमको सोमबार साधारण सभा, एनएमबिसँग मर्जमा जान विशेष प्रस्ताव

09 Aug,2019
  • agm_new_8_9_2019_10_41_36.png
नेपाली पैसा 

काठमाडौं : ओम डेभलपमेन्ट बैंकले सोमबार (साउन २७ गते) वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा होटल पोखरा ग्रान्ड, घरीपाटन पोखरामा बिहान ९ बजे सुरु हुनेछ । ओमले एनएमबि बैंकसँग मर्जरमा जाने विशेष प्रस्ताव पेश गर्नेछ । यस्तै, सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको सेयर स्वाप रेसियो पारित गर्ने प्रस्ताव पनि छ । एनएमबि र ओम १००ः७६ सेयर स्वाप रेसियोमा मर्ज गर्दैछन् । 
 
ओम र एनएमबिले जेठ २ गते मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । यी दुवै बैंकलाई मर्जरमा जान राष्ट्र बैंकले सैद्धान्तिक सहमति प्रदान गरिसकेको छ । केन्द्रीय बैंकले असार ८ गते पत्र पठाएर सैद्धान्तिक सहमति दिएको थियो । मर्जरपछि एनएमबि बैंकको नामबाट कारोबार हुनेछ । मर्जर प्रक्रियामा रहेका कारण हाल यी दुवै बैंकको सेयर कारोबार रोक्का छ । 

 


Post Your Comment