Market Closed

ओमको साधारण सभा आज, एनएमबिसँग मर्जमा जान विशेष प्रस्ताव

12 Aug,2019
  • agm_new_8_12_2019_10_17_50.png
नेपाली पैसा 
 
काठमाडौं : ओम डेभलपमेन्ट बैंकको साधारण सभा होटल पोखरा ग्रान्ड, घारीपाटन पोखरामा बिहान ९ बजेबाट सुरु भएको छ । सभामा ओमले एनएमबि बैंकसँग मर्जरमा जाने विशेष प्रस्ताव पेश गरेको छ । यस्तै, सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको सेयर स्वाप रेसियो पारित गर्ने प्रस्ताव पनि छ । एनएमबि र ओम १००ः७६ सेयर स्वाप रेसियोमा मर्ज गर्दैछन् । 
 
ओम र एनएमबिले जेठ २ गते मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । यी दुवै बैंकलाई मर्जरमा जान राष्ट्र बैंकले सैद्धान्तिक सहमति प्रदान गरिसकेको छ । केन्द्रीय बैंकले असार ८ गते पत्र पठाएर सैद्धान्तिक सहमति दिएको थियो । मर्जरपछि एनएमबि बैंकको नामबाट कारोबार हुनेछ । मर्जर प्रक्रियामा रहेका कारण हाल यी दुवै बैंकको सेयर कारोबार रोक्का छ ।

ओमको वार्षिक साधारण सभा सम्बन्धी जानकारी यहाँबाट हेर्नुहोस् ।
 

Post Your Comment