Market Closed

एनएमबिमा मिसिनै लाग्दा ओमले गर्यो उत्साहजनक प्रगति

18 Aug,2019
  • Om-development-bank-_2_26_2018_10_49_25.jpg
नेपाली पैसा 
 
काठमाडौं : ओम डेभलमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा ५९ करोड ९५ लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । नाफा अघिल्लो वर्षको भन्दा ५१.८७% धेरै हो । अघिल्लो वर्ष यसले ३९ करोड ४७ लाख ६७ हजार रुपैयाँ नाफा कमाएको थियो । एनएमबि बैंकसँग मर्जर प्रकृया रहेको ओमको सम्भवतः यो नै अन्तिम वित्तीय विवरण हो । मर्जपछि एनएमबि बैंकको नामबाट सञ्चालन हुनेछ ।
 
यस्तै, बैंकले खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि क्रमशः ४०.२६% र ३७.८५% ले बढोत्तरी गरेको छ । बैंकले यो त्रैमासमा १ अर्ब २२ करोड ५१ लाख रुपैयाँ खुद ब्याज आम्दानी  र ७९ करोड ६५ लाख ६२ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष ओमले ८७ करोड ३४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गर्दा ५७ करोड ७८ लाख ३६ हजार रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।

ब्याज आम्दानी र सञ्चालन नाफा माथि लागेपछि समग्र खुद नाफा बढाउन सजिलो भएको हो । असार मसान्तसम्म बैंकले २१ अर्ब ९३ करोड ८७ लाख रुपैयाँ निक्षेप संकलन गरी २३ अर्ब १ करोड ९७ लाख रुपैयाँ कर्जा विस्तार गरेको छ । हाल ओमको चुक्ता पुँजी २ अर्ब ५१ करोड ५२ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६८ करोड ३४ लाख रुपैयाँ छ । बैंकले रिटेन्ड अर्निङमा पनि ७१ करोड २२ लाख ९६ हजार रुपैयाँ राखेको छ ।

खराब कर्जा ०.९५% बाट घटाएर ०.६४% मा झारिदिएको छ । यसको कर्जा निक्षेप अनुपात ७८.७५% र बेस रेट ११.१९% छ । ओमको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ५२ पैसाबाट वृद्धि भई २९ रुपैयाँ ६५ पैसा कायम भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ६३ पैसा छ ।

ओम डेभलपमेन्ट बैंकको रिपोर्ट हेर्नुहोस् । 
 

Post Your Comment