Market Closed

ओरियन्टल होटल र स्वदेशी लघुवित्तको बोनस समायोजनपछि कति रुपैयाँ तोकियो भाउ ?

29 Oct,2017
  • Price_adjustment_10_29_2017_11_40_09.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल स्टक एक्सचेन्जले आइतबार ओरियन्टल होटलको १८% र स्वदेशी लघुवित्तको १५% बोनस सेयरमा मूल्य समायोजन गरेको छ । बोनस समायोजनपछि होटलको सेयर मूल्य प्रतिकित्ता ७५४ रुपैयाँ कायम भएको छ । यसको औसत आधार मूल्य भने ६१७ रुपैयाँ छ । यता, स्वदेशीको पनि १५% बोनस समायोजनपछि सेयर भाउ ३१० रुपैयाँ तोकिएको छ । कम्पनीको औसत आधार मूल्य भने २०५ रुपैयाँ छ । आइतबार यी दुवै कम्पनीको सेयर कारोबार समायोजित मूल्यलाई आधार मानेर खुला भएको हो ।
 
ओरियन्टल होटलले कात्तिक २३ गते वार्षिक साधारण सभा गर्न लागेको छ । सभामा चुक्ता पुँजीको १८% बोनस सेयर दिने, पुँजी वृद्धि गर्न प्रिमियममा सेयर जारी गर्नेलगायत प्रस्ताव पेस हुन्दैछन् । स्वदेशीले पनि कात्तिक २४ गते वार्षिक साधारण सभा गर्दैछ । सभामा १५% बोनस दिने र यो दिइसकेपछि कायम हुने चुक्ता पुँजीको १००% हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव पेस हनेछ । 
 

Post Your Comment