Market Closed

ओरियन्टलको खुद नाफा १५.२९% ले बढ्दा सोल्टीको २५.५६% ले किन घट्यो ?

13 Feb,2018
  • financial-papers-on-table_2_13_2018_2_50_00.jpg
नेपाली पैसा 
 
काठमाडौं : ओरियन्टल होटलले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ११ करोड ७५ लाख ६९ हजार ८७७ रुपैयाँ खुद नाफा कमाएको छ । नाफा गत वर्षको तुलनामा १५.२९% धेरै हो । गत वर्ष ओरियन्टलले १० करोड १९ लाख ६९ हजार ६६६ रुपैयाँ खुद नाफा कामएको थियो । यस्तै, सञ्चालन मुनाफा पनि ११.२८% ले बढेर १८ करोड ३५ लाख ९६ हजार ७६१ रुपैयाँ पुगेको छ । गत वर्ष होटलले यही अवधिमा १६ करोड ४९ लाख ८३ हजार २७९ रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।

सेयर पुँजी ९३ करोड ४२ लाख ३६ हजार ३८६ रुपैयाँ रहेको ओरियन्टलको रिजर्भ कोषमा ९४ करोड ६३ लाख ८१ हजार १४६ रुपैयाँ छ । यस हिसाबले रिजर्भ कोष आकर्षक मान्न सकिन्छ । यता, कम्पनीको प्रतिसेयर आम्दानी भने १२ रुपैयाँ ४३ पैसा छ भने प्रतिसेयर नेटवर्थ २०१ रुपैयाँ १५ पैसा पुगेको छ । 

http://www.nepalipaisa.com/documentviewer.aspx/OHL/Oriental-Hotels-Limited/file/oriental_hotel_ltd,_2nd_qtr_watermark_2_12_2018_10_29_11_AM.pdf

 
यता, सोल्टी होटेलले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७ करोड ६९ लाख ४७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको भन्दा नाफा २५.५६% ले घटेको हो । गत वर्ष सोल्टीले १० करोड ३३ लाख ७२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । सञ्चालन मुनाफा पनि १६.४९% ले घटेर १६ करोड ४९ लाख ८ हजार रुपैयाँमा झरेको छ । जबकि गत वर्ष सोल्टीले यही अवधिमा १९ करोड ७४ लाख ७८ हजार रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो । सञ्चालन नाफामै ह्रास आएको खुद नाफामा असर गरेको हो । 

यस वर्ष पर्यटक आगमन राम्रै देखिए पनि सोल्टीले त्यस आधारमा व्यापार बढाउन सकेको देखिएन । सेयर पुँजी ५७ करोड ९१ लाख ८१ हजार रुपैयाँ रहेको यस होटेलको रिजर्भ कोषमा ८७ करोड १० लाख ६४ हजार रुपैयाँ छ । रिजर्भ कोष भने आकर्षक देखिन्छ । प्रतिसेयर आम्दानी भने १ रुपैयाँ ३३ पैसा रहेको सोल्टीको प्रतिसेयर नेटवर्थ २५ रुपैयाँ ०४ पैसा छ । प्रतिकित्ता १० रुपैयाँ अंकित मूल्यका हिसाबले सोल्टीको सेयर कारोबार हुने गरेको छ ।  

http://www.nepalipaisa.com/documentviewer.aspx/SHL/Soaltee-Hotel-Limited/file/soaltee_hotel_ltd,_2nd_qtr_2074_75_2_11_2018_10_49_54_AM.pdf
 
 
 
 

Post Your Comment