Market Closed

ओरियन्टल होटलको २६.३२% लाभांश प्रस्ताव, कहिले हुने भयो एजीएम ?

25 Sep,2018
  • Oriental-hotel-Ltd_10_25_2017_9_56_54.jpg
नेपाली पैसा
 
काठमाडौं : ओरियन्टल होटलले २६.३२% लाभांश दिने भएको छ । होटलले १५% बोनस सेयर र ११.३२% नगद लाभांश गरी कुल २६.३२% लाभांश दिने घोषणा गरेको हो । लाभांश प्रस्ताव कात्तिक १२ गते बस्ने साधारण सभामा पेश गरिने पनि कम्पनीले जनाएको छ ।
 
साधारण सभा नेपाल प्रशासनिक प्रतिष्ठान, जावलाखेल ललितपुरमा बस्नेछ । सभा गर्न ओरियन्टलले असोज १९ गतेदेखि कात्तिक १२ गतेसम्म बुक क्लोज गर्ने भएको छ । असोज १८ गतेसम्म कायम सेयरधनीले मात्र यो होटलले दिने लाभांश पाउनेछन् ।
 
हाल ओरियन्टलको चुक्ता पुँजी ९३ करोड ४२ लाख ३६ हजार ३८७ रुपैयाँ छ । प्रस्तावित १५% बोनस सेयरपछि पुँजी १ अर्ब ७ करोड ४३ लाख ७१ हजार ८४५ रुपैयाँ पुग्नेछ ।
 
ओरियन्टलले विगतमा दिएको लाभांश :

Post Your Comment