Market Closed

ओरियन्टल होटल्सको १५% बोनसमा भाउ समायोजन, कतिमा खुल्ने भयो कारोबार ?

05 Oct,2018
  • Oriental-hotel-Ltd_10_25_2017_9_56_54.jpg
नेपाली पैसा 
 
काठमाडौं : ओरियन्टल होटल्सको १५% बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस समायोजनपछि आइतबार ओरियन्टलको पहिलो सेयर कारोबार ४५१ रुपैयाँ ३० पैसालाई आधार मानेर खुल्नेछ । यसको औसत आधार मूल्य भने ५३४ रुपैयाँ १५ पैसा रहेको छ । यस होटल्सले १५% बोनस सेयर र ११.३२% नगद लाभांस (कर प्रयोजनका लागि) दिने प्रस्ताव  पारित गर्न कात्तिक १२ गते साधारण सभा गर्दैछ ।

ओरियन्टलले प्रिमियममा एफपीओ जारी गर्ने विशेष प्रस्ताव साधारण सभामा पेश गर्दैछ । यद्दपि, कम्पनीको यो नयाँ प्रस्ताव होइन । गत वर्ष कात्तिक २३ गते सम्पन्न बिसौ साधारण सभामा पनि ओरियन्टलले यसैलाई विशेष प्रस्तावका रुपमा पेश गरेको थियो ।

कम्पनीले संस्थापक सेयरधनीको हिस्सा ५५% र साधारण सेयरधनीको हिस्सा ४५% कायम गर्न प्रिमियममा एफपीओ ल्याउन लागेको जनाएको छ । सभा नेपाल प्रशासनिक प्रसिक्षण केन्द्र जावलाखेल ललितपुरमा बिहान ११ बजे सुरु हुनेछ । 
 
२०७४।७५ को वासलात, नाफा नोक्सान, नगद प्रवाह माथि पनि छलफल हुनेछ । त्यस्तै, लेखापरीक्षण समितिको सिफारिस अनुसार लेखा परीक्षकको नियुक्ति तथा कम्पनीको नियमावलीमा आवश्यक संशोधन गर्ने सम्पूर्ण अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव पनि लगिने भएको छ । 
 
साधारण सभा गर्न ओरियन्टलले शुक्रबार (असोज १९ गते) देखि कात्तिक १२ गतेसम्म बुक क्लोज गरेको छ । असोज १८ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउनेछन् । हाल ओरियन्टलको चुक्ता पुँजी ९३ करोड ४२ लाख ३६ हजार ३८७ रुपैयाँ छ । प्रस्तावित १५% बोनस सेयरपछि पुँजी १ अर्ब ७ करोड ४३ लाख ७१ हजार ८४५ रुपैयाँ पुग्नेछ ।
 
 
 

Post Your Comment