Market Closed

ओरियन्टल होटल्सको एजीएम आज, २६.३२% लाभांश साथमा एफपीओ प्रमुख एजेन्डा

29 Oct,2018
  • Oriental-hotel-Ltd_10_25_2017_9_56_54.jpg
नेपाली पैसा 
 
काठमाडौं : ओरियन्टल होटल्सको साधारण सभा सोमबार (कात्तिक १२ गते) नेपाल प्रशासनिक प्रसिक्षण केन्द्र जावलाखेल ललितपुरमा बिहान ११ बजे सुरु हुँदैछ । सभामा ओरियन्टलले प्रिमियममा एफपीओ जारी गर्ने विशेष प्रस्ताव पेश गर्दैछ । ओरियन्टलले संस्थापक सेयरधनीको हिस्सा ५५% र साधारण सेयरधनीको हिस्सा ४५% कायम गर्न प्रिमियममा एफपीओ ल्याउन लागेको हो ।
 
ओरियन्टलले १५%बोनस सेयर र ११.३२% नगद लाभांस (कर तिर्न) दिने प्रस्ताव पनि लैजादैछ । २०७४।७५ को वासलात, नाफा नोक्सान, नगद प्रवाह सम्बन्धमा पनि छलफल हुनेछ । लेखापरीक्षण समितिको सिफारिस अनुसार लेखा परीक्षकको नियुक्ति तथा कम्पनीको नियमावलीमा आवश्यक संशोधन गर्न सम्पूर्ण अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश गरिनेछ ।

साधारण सभा गर्न ओरियन्टलले असोज १९ देखि सोमबारसम्म बुक क्लोज गरेको छ । असोज १८ गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् । हाल ओरियन्टलको चुक्ता पुँजी ९३ करोड ४२ लाख ३६ हजार ३८७ रुपैयाँ छ । प्रस्तावित १५% बोनस सेयरपछि पुँजी १ अर्ब ७ करोड ४३ लाख ७१ हजार ८४५ रुपैयाँ पुग्नेछ ।
 

Post Your Comment