Market Closed

ओरियन्टलको खुद नाफा ५८.१५% ले बढ्यो, प्रतिसेयर आम्दानी ४ रुपैयाँ ३३ पैसा

19 Nov,2018
  • Oriental-hotel-Ltd_10_25_2017_9_56_54.jpg
नेपाली पैसा 
 
काठमाडौं : ओरियन्टल होटलले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड ४ लाख १५ हजार ९३० रुपैयाँ खुद नाफा कमाएको छ । नाफा गत वर्षको तुलनामा ५८.१५% धेरै हो । गत वर्ष ओरियन्टलले २ करोड ५५ लाख ५४ हजार २७६ रुपैयाँ खुद नाफा कामएको थियो । 
 
यस्तै, सञ्चालन मुनाफा पनि ४३.४३% ले बढेर १८ करोड ६ करोड ९१ लाख ९३ हजार ४६ रुपैयाँ पुगेको छ । गत वर्ष होटलले यही अवधिमा ४ करोड ८२ लाख ३८ हजार ७७२ रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।
 
सेयर पुँजी ९३ करोड ४२ लाख ३६ हजार ३८७ रुपैयाँ रहेको ओरियन्टलको रिजर्भ कोषमा १ अर्ब १५ करोड ९६ लाख ९७ हजार ७८० रुपैयाँ छ । यस हिसाबले रिजर्भ कोष आकर्षक मान्न सकिन्छ ।

यता, कम्पनीको प्रतिसेयर आम्दानी पनि ३ रुपैयाँ २३ पैसाबाट बढेर ४ रुपैयाँ ३३ पैसा पुगेको छ । यसको प्रतिसेयर नेटवर्थ २२४ रुपैयाँ १३ पैसा छ । 

ओरियन्टलको वित्तीय विवरण हेर्नुहोस्
 

Post Your Comment