Market Closed

एउटा बैंकको एटीएम अर्को बैंकमा चल्न थाल्यो

06 Oct,2019
  • atmm_10_6_2019_1_03_59.png
नेपाली पैसा
 
काठमाडौं : ह्याकरले  नेप्सको सिस्टम नै ह्याक गरी विभिन्न बैंकको रकम चोरेपछि बन्द रहेको अन्तर बैंक एटीएम सेवा सुरु भएको छ । दशैं तिहारलाई मध्य नजर गर्दै अन्तर बैंक एटीएम शनिबारबाट खुला भएको हो । 
 
नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टममा १८ बैक आबद्ध छन् । यी सबै बैंकको एक बैंकको एटीएम अर्को बैंकमा चल्न थालेको छ । अहिले नेप्सको सुबिधा लिने बैंक तथा वित्तीय संस्थाको संख्या १८ वटा रहेको छ । ११ वाणिज्य बैंक र ७ विकास बैंकले नेप्सको होष्टिङ र स्विचिङको सेवा लिंदै आएका छन् ।
 
नेप्समा अहिले प्रभु बैंक, सनराइज बैंक, माछापुच्छ्रे बैंक, जनता बैंक, सिद्धार्थ बैंक, सिटिजन्स बैंक, एनआइसी एसिया बैंक, बैंक अफ काठमान्डू, प्राइम कमर्सियल बैंक, नेपाल वंगलादेश बैंक, ग्लोबल आइएमई बैंक, देवः विकास बैंक, ज्योति विकास बैंक, ओम डेभलपमेन्ट बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, एक्सल डेभलपमेन्ट बैंक र लुम्बिनी विकास बैंक आबद्ध छन् । अब यी बैंकको एउटाको एटीएम अर्को बैंकको एटीएमबाट पनि पैसा निकाल्न सकिन्छ ।
 
 

Post Your Comment