Market Closed

प्राइम बैंकले कैलाशलाई एक्वायर गर्ने, वित्तीय संस्था एकआपसमा मिसिने लहर सुरु

05 Jul,2019
  • aquire-new-custome_7_5_2019_4_19_51.png
नेपाली पैसा 
 
काठमाडौं : प्राइम कर्सियल बैंकले कैलाश विकास बैंकलाई एक्वायर गर्ने भएको छ । दुई बैंकबीच एक्वायर गर्ने सहमतिमा शुक्रबार हस्ताक्षर भइसकेको छ । प्राइम बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठ तथा कैलाश विकास बैंकका अध्यक्ष नारायणप्रसाद पौडेलले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । प्राइम बैंकका कम्पनी सचिव सन्तोष बरालले प्राइमले कैलाशलाई एक्वायर गर्ने सहमति पत्रमा शुक्रबार हस्ताक्षर भएको नेपाली पैसालाई जानकारी गराए ।

 प्रारम्भिक सहमति अनुसार प्राइमको  १०० रुपैयाँ बराबर कैलाशलाई ९४ रुपैयाँ दिने सहमति भएको छ । तर यो प्रारम्भिक सहमति मात्र हो । डीडीए रिपोर्टपछि सेयर स्वाप अनुपात मिलाइनेछ । यसअघि प्राइम बैंकले ओम डेभलपमेन्ट बैंकलाई एक्वायर गर्ने सहमति भएको थियो ।

तर पछि सहमति तोडिएपछि ओम एनएमबि बैंकसँग मिसिन गएको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबीच मर्ज तथा एक्वायरको लहर चलेको छ । शुक्रबार मात्रै ग्लोबल आइएमई र जनता बैंकबीच मर्जर सहमति भइसकेको छ । एक्वायरपछि प्राइम बैंकको नामबाट सेयर कारोबार हुनेछ । यता, कैलाशको भने अब सेयर कारोबार रोक्का हुनेछ । 

Post Your Comment