Market Closed

प्राइम बैंकले कन्काई एक्वायर गर्ने

05 Jun,2019
  • Acquisition_6_5_2019_12_46_15.jpg
नेपाली पैसा
 
काठमाडौं : प्राइम बैंकले कन्काई विकास बैंकलाई एक्वायर गर्ने भएको छ । एक्विजिसन सम्बन्धी सैद्धान्तीक सहमति पत्रमा बुधबार नै हस्ताक्षर हुने प्राइम बैंकका कम्पनी सचिव सन्तोष बरालले नेपाली पैसालाई जानकारी गराएका छन् । बरालका अनुसार बुधबार २ः३० बजे प्राइमको केन्द्रीय कार्यालय कमलपोखरी, काठमाडौंमा सहमति पत्रमा हस्ताक्षर हुनेछ ।
 
प्रइमले कति स्वाप रेसियो कन्काईलाई एक्वायर गर्ने भन्ने टुंगो लागि नसकेको बरालले बताए । सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा सेयर स्वाप रेसियो तय हुनेछ । यसअघि प्राइमले ओम डेभलपमेन्ट बैंकलाई एक्वायर गर्न भएको सम्झौता भाँडिएको थियो ।
 
सम्झौता भाँडिएपछि नेपाल राष्ट्र बैंकले दुबै बैंकलाई तीन महिना भित्र अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर गर्न निर्देशन दिएको थियो । हाल ओम डेभलपमेन्ट बैंक भने एनएमबि बैंकसँग मर्जर प्रक्रियामा रहेको छ ।
 

Post Your Comment