कन्काईको सेयर कारोबार रोकियो, एक्विजिसनपछि लगानीकर्तालाई प्राइमको सेयर

06 Jun,2019
  • stop-sign-ma_6_6_2019_5_07_19.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कन्काई विकास बैंकको सेयर कारोबार रोक्का गरेको छ । प्राइम बैंकसंग एक्वायर गर्ने सहमतिपत्रमा हस्ताक्षर भएपछि बिहीबार (जेठ २३ गत) देखि कन्काईको सेयर कारोबार रोक्का गरिएको हो । अव एक्विजिसन प्रक्रिया सम्पन्न भएपछि कन्काईका लगानीकर्ताले प्राइमको सेयर पाउनेछन् । प्राइम बैंकले कन्काई विकास बैंकलाई एक्वायर गर्ने सम्बन्धी सैद्धान्तिक सहमतिपत्रमा बुधबार हस्ताक्षर भएको हो । 
 
प्राइमले कति स्वाप रेसियो कन्काईलाई एक्वायर लागेको भनेर आधिकारिक जानकारी गराइएको छैन । सम्पति तथा दायित्व मूल्यांकन (डीडीए) प्रतिवेदनका आधारमा सेयर स्वाप रेसियो तय हुनेछ । यद्दपि, अनौपचारिक रुपमा कन्काईको १०० सेयर बराबर प्राइमको ७१ कित्ता दिइने तयारी भइरहेको बताइएको छ ।

यसअघि प्राइमले ओम डेभलपमेन्ट बैंकलाई एक्वायर गर्ने सम्झौता भएपनि पछि भाँडिएको थियो ।
सम्झौता भाँडिएपछि नेपाल राष्ट्र बैंकले दुबै बैंकलाई तीन महिना भित्र अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर गर्न निर्देशन दिएको थियो । हाल ओम डेभलपमेन्ट बैंक भने एनएमबि बैंकसँग मर्जर प्रक्रियामा रहेको छ ।
 

Post Your Comment