Market Closed

प्राइमको हकप्रद खुल्यो, ३ कित्ता हुनेले थप एक कित्ता पाउने, असोज १६ सम्म म्याद

28 Aug,2016
  • prime-bank_8_28_2016_12_14_17.jpg
नेपाली पैसा
काठमाडौं : प्राइम कमर्सियल बैंक लिमिटेडको हकप्रद सेयर आइतबारदेखि बिक्री खुला भएको छ ।

प्राइमले तीन कित्ता बराबर थप एक कित्ता (३ः१) हकप्रद सेयर दिन लागेको हो । यो हकप्रदमा असोज १६ गतेसम्म आवेदन दिन पाइनेछ ।

बैंकले एक सय रूपैयाँ अंकित मूल्यको एक करोड २३ लाख ५० हजार आठ सय ७४ कित्ता हकप्रद सेयर निष्कासन खुला गरेको हो ।

प्राइमको हकप्रदमा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल लिमिटेडले गरेको छ । प्राइम कमर्सियल बैंक लिमिटेडका सबै शाखामा आवेदन फारम बुझाउने पाइनेछ ।

यसबाहेक सिभिल क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंबाट पनि आवेदन दिन पाइने व्यवस्था गरिएको छ ।

यी केन्द्रबाहेक अन्य स्थानबाट आवेदन दिन चाहने व्यक्तिले सेयर निष्कासन बन्द हुनुभन्दा अघिको मितिमा सिभिल क्यापिटल लिमिटेडको नाममा खिचिएको एकाउन्टपेयी ड्राफ्टका साथमा हुलाक वा कुरियरमार्फत सिभिलि क्यापिटल मार्केट लिमिटेड, कमलादीको नाममा पठाउनुपर्नेछ ।

सेयर बिक्री बन्द भएको १५ दिनपछि प्राप्त ड्राफ्ट तथा आवेदनलाई बाँडफाँटमा समावेश नगरिने बिक्री प्रबन्धकले जानकारी दिएको छ ।

प्राइम कमर्सियल बैंकको हाल चुक्ता पुँजी तीन अर्ब ७० करोड ५२ लाख ६२ हजार रूपैयाँ छ ।

प्राइमको हाल रिजर्भ कोषमा एक अर्ब ७५ करोड ५७ लाख ५८ हजार रूपैयाँ छ । बैंकले आर्थिक वर्ष २०७२–७३ मा एक अर्ब १२ करोड ८२ करोड ३६ लाख रूपैयाँ खुद नाफा कमाएको छ ।

बैंकको प्रतिसेयर आम्दानी ३०.४५ रूपैयाँ र प्रतिसेयर नेटवर्थ १४७.३९ रूपैयाँ रहेको छ ।

Post Your Comment