Market Closed

प्राइम कमर्शियल बैङ्क : कम्पनी विश्लेषण (आइतवार, २१ कात्तिक २०७३)

06 Nov,2016
  • prime_commercial_resize_11_6_2016_11_53_47.jpg

२०७३/७४ आवको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार खुद नाफा १३ दशमलव ८१ प्रतिशत बढेको छ । वैदेशिक मुद्राको विनिमयबाट रू. २ करोड ५३ लाख आम्दानी भएको छ ।

प्राविधिक विश्लेषण
मैनबत्ती विश्लेषण : अन्तिम दुई व्यापार दिनमा मिटिङलाइन बुलिश आकृत्ति बनेको छ । यसले बजारमा शेयरमूल्य बढ्ने सङ्केत गर्दछ । यसको विश्वसनीयता सामान्य रहेको छ ।

आरएसआई : न्युट्रल जोन (५० दशमलव ६४ स्केल)मा छ । खरीदविक्री चाप सन्तुलनमा रहेको छ ।

स्ट्याण्डर्ड डेभिएशन : ४ दशमलव ९४ विन्दुमा छ । उतारचढाव सामान्य रहेको छ ।

मुभिङ एभरेज : २१ दिने औसत मूल्यरेखा र सातदिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्य सातदिने औसत मूल्यरेखा र २१ दिने मूल्य रेखाभन्दा तल छ भने ट्रेण्ड लाइनभन्दा माथि छ । हालको बिन्दुबाट मूल्य सस्तिएमा रू. ६ सय ४६ मा टेवा पाउने सङ्केत देखिन्छ । मूल्य महँगिएमा रू. ६ सय ५३ मा प्रतिरोध पाउन सक्छ ।

आधारभूत विश्लेषण
कम्पनीको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार २०७३/७४ आर्थिक वर्ष र २०७२/७३ आर्थिक वर्षबीच तुलना गर्दा :
- बैङ्कको पहिलो त्रैमासमा नाफा १३ दशमलव ८१ प्रतिशत बढेर रू. २५ करोड १० लाख पुगेको छ । खुद ब्याज आम्दानी २३ दशमलव ७३ प्रतिशत बढ्नाले र गत आवमा रहेको रू. १३ करोड ८३ लाख खराब कर्जा उठाउन बैङ्क व्यवस्थापन सफल हुनाले खुद नाफा बढ्न टेवा पुगेको हो ।

- जगेडा कोष ३३ दशमलब ५३ प्रतिशत बढेर रू. २ अर्व पुगेको छ भने लगानी ८८ दशमलव ४५ प्रतिशत घटेको छ ।

- ब्याज आम्दानी १३ दशमलव ४७ प्रतिशत बढेर रू. ९४ अर्ब ८६ लाख  र व्याज खर्च ७ दशमलव ५० प्रतिशत बढेर रू. ५६ करोड ८४ लाख पुगेको छ ।

- सञ्चालन नाफा १८ दशमलव ४८ प्रतिशत घटेको छ । कर्मचारी खर्च ४२ प्रतिशत, कुल सञ्चालन नाफा २५ प्रतिशत र  अन्य सञ्चालन खर्च २ प्रतिशत बढेको छ ।

- स्थिर सम्पत्ति २६ प्रतिशत बढेर रू. ४७ करोड ५ लाख पुगेको छ भने अन्य सम्पत्ति ५० दशमलव ४४ प्रतिशत घटेर रू. ४८ करोड ५१ लाखमा सीमित भएको छ ।

- बैङ्कले सम्भावित जोखीमबापतको व्यवस्थामा रकम २ गुणा घटाएपछि रू. १५ करोड ७२ लाखमा सीमित भएको छ  ।

- बैङ्कको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार तरलता अनुपात २७ गुणा, प्रतिशेयर आम्दानी २७ र मूल्य आम्दानी अनुपात २४ गुणा छ । हालको शेयरमूल्य नेटवर्थको ४ गुणा छ ।

Post Your Comment