Market Closed

प्राइम बैंकको नयाँ शाखा सिन्धुलीको फिक्कल गाँउपालिकामा

11 Jan,2019
  • prime_bank_fikkal_branch_1_11_2019_4_59_23.jpg
नेपाली पैसा
 
काठमाडौं : प्राइम कमर्सियल बैंकले सिन्धुली जिल्लाको फिक्कल गाँउपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । योसहित बैंकको शाखा कार्यालय संख्या ७२ पुगेको छ । स्थानीय उद्योगी, व्यवसायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा फिक्कल गाँउपालिका अध्यक्ष धन बहादुर कार्कीले शाखा कार्यालय उद्घाटन गरेको बैंकले जनाएको छ । 
 
प्राइम बैंक आगामी दिनमा शाखाहरुको सञ्जाल बिस्तार गर्दै जाने र सेवा विस्तारमा अग्रसरता लिने प्रतिवद्धता जनाएको छ । बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गर्ने सेवालाई थप गुणस्तरीय बनाउने जनाएको छ ।

Post Your Comment