Market Closed

प्राइम बैंकको १६% बोनस सुरक्षित गर्ने आज अन्तिम मौका, जेठ २६ मा एजीएम

22 May,2019
  • Prime-commercial-bank-L_4__5_1_2018_2_05_28.jpg
नेपाली पैसा
 
काठमाडौं : प्राइम कमर्सियल बैंकको १६% बोनस सेयर पाउन सेयरधनी बन्ने बुधबार (जेठ ८ गते) अन्तिम दिन हो । प्राइमले जेठ २६ गते बस्ने साधारण सभाबाट १६% बोनस सेयर दिने प्रस्ताव पारित गर्दैछ । सभाका लागि बिहीबार (जेठ ९ गते) देखि बुक क्लोज गर्ने भएकाले बुधबारसम्म कायम सेयरधनी मात्रै यो बोनसको हकदार हुनेछन् ।
 
प्राइमले मर्जर तथा एक्विजिसन सम्बन्धी प्रस्ताव पनि सभामा पेश गर्नेछ । अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानुपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव सभामा पेश हुनेछ । यसअघि प्राइमले ओम डेभलपमेन्ट बैंकलाई एक्वायर गर्ने प्रक्रिया भाँडिएको थियो । ओम अहिले एनएमबि बैंकसँग मर्ज हुने तयारीमा जुटेको छ । 
 
साधारण सभा नेपाल एकेडमी, कमलादी काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । वार्षिक प्रतिवेदनमा छलफल, नाफा नोक्सान हिसाबकिताब, लेखापरीक्षकको नियुक्त गरी पारिश्रमिक तोक्ने लगायतका एजेन्डा समेत राखिएका छन् । यता, संस्थापक सेयरधनी समूहबाट तीन जना र सर्वसाधारण सेयरधनीबाट दुई जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ ।
 
सभामा अधिकृत पुँजी १० अर्बबाट वृद्धि गरी २२ अर्ब पुर्याउने प्रस्ताव पनि लगिनेछ । चैत मसान्तसम्म प्राइमको चुक्ता पुँजी ८ अर्ब ३ करोड ३२ लाख ९९ हजार रुपैयाँ छ । प्रस्तावित १६% बोनस वितरणपछि चुक्ता पुँजी ९ अर्ब ३१ करोड ८६ लाख २६ हजार ८४० रुपैयाँ पुग्नेछ ।

Post Your Comment