Market Closed

प्राइमको यस्तो आयो वित्तीय विवरण

12 Nov,2019
  • Prime-commercial-bank-L_4__5_1_2018_2_05_28.jpg
नेपाली पैसा

काठमाडौं : प्राइम कमर्सियल बैंकले आर्थिक वर्ष २०७६–०७७ को पहिलो त्रैमाससम्म आइपुग्दा ६५ करोड ९७ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षभन्दा १३.३७% ले बढी हो । गत वर्ष यसैअवधिमा यसले ५८ करोड १९ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसको वितरण योग्य नाफा २२ करोड ८८ लाख ४३ हजार रुपैयाँ रहेको छ । 

प्राइमको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको छ । यसले पनि खुद नाफा बढाउन सहयोग पुगेको हो । यता चुक्ता पुँजीको आधारमा खुद नाफा बढ्न नसक्दा भने प्रतिसेयर आम्दानी केही घटेको छ । असोज मसान्तसम्म आइपुग्दा चुक्ता पुँजी २०.५८% ले बढेको छ । यसको प्रतिसेयर आम्दानी २७ रुपैयाँ २४ पैसा र प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ०८ पैसा छ । 
 
यसैबीच प्राइमले ‘ख’ वर्गको वित्तीय संस्था कैलाश विकास बैंकलाई प्राप्ति (एक्विजिसन) गर्ने सम्झौता गरेको छ । बैंकले यस अघि कन्काई विकास बैंकलाई प्राप्ती गरिसकेको छ । दुई बैंकको एकिकृत कारोबार सुरु भइसकेको छ । साथै कन्काईलाई एक्वायर गरेपछि उक्त संस्थाको ३६ लाख ८२ हजार २५० कित्ता सेयर नेप्सेमा सूचीकरण पनि भइसकेको छ ।
 

Post Your Comment