Market Closed

प्राइम बैंकको ३५ लाख इकाई ऋणपत्र फागुन १९ गतेदेखि खुल्ने

23 Feb,2021
  • Prime-commercial-bank-L_11_2_2017_11_47_44.jpg
नेपाली पैसा
 
काठमाडौं : प्राइम कमर्सियल बैंकले फागुन १९ गतेदेखि ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख इकाई ऋणपत्र बिक्री गर्ने भएको छ । यसमध्ये १४ लाख इकाईमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । बैंकले बाँकी २१ लाख इकाई अन्य संघसंस्थालाई बिक्री गर्नेछ । प्राइमले ८ वर्ष अवधिको ऋणपत्र जारी गर्न लागेको हो । यसमा वार्षिक ब्याजदर ८.७५% तोकिएको छ ।
 
प्राइमले ‘८.७५% प्राइम डिबेन्चर २०८५’ जारी गर्न लागेको हो । यसमा प्रतिइकाई १ हजार रुपैयाँ दरले न्यूनतम २५ इकाईदेखि अधिकतम ५ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिन्छ । साथै, मेरोसेयर एपबाट पनि डिबेन्चरमा आवेदन दिने व्यवस्था गरिएको हुन्छ । बिक्री प्रबन्धकको आरबीबी मर्चेन्ट बैंकिंङले बिक्री प्रबन्धकको काम गर्नेछ । 
 
प्राइम कमर्सियल बैंकको ऋणपत्रमा फागुन २३ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने चैत ४ गतेसम्म खुला रहनेछ । प्राइमले ऋणपत्र बिक्रीबाट प्राप्त हुने रकममध्ये ८४% कर्जा तथा सापट, १०% लगानी, १% शाखा विस्तार र ५% अन्यमा खर्च गर्ने योजना बनाएको छ ।

 

Post Your Comment