Market Closed

नेप्सेमा ३८ लाख १,७३८ कित्ता बोनस र हकप्रद सूचीकृत, कुन–कुन हुन् कम्पनी ?

24 Oct,2018
  • listings_template_10_24_2018_12_25_32.jpg
नेपाली पैसा
 
काठमाडौं : नेप्सेमा बुधबार ३ वटा कम्पनीको ३८ लाख १ हजार ७३८.६२ कित्ता बोनस र हकप्रद सेयर सूचीकृत भएको छ । जसमा सबैभन्दा धेरै प्रभु इन्सुरेन्सको ३१ लाख ६६ हजार ६७७.६३ कित्ता हकप्रद सेयर सूचीकरण गरिएको हो । प्रभुले गत असार ८ गतेदेखि साउन १० गतेसम्म ४६% हकप्रद सेयर बिक्री खुला गरेको थियो । सोही हकप्रद बुधबार सूचीकृत भएको हो । 
 
यसैगरी, सूर्या लाइफ इन्सुरेन्सको १२ लाख १२ हजार ७५० कित्ता तथा पोखरा फाइनान्सको ६ लाख २२ हजार ९३३.४९ कित्ता बोनस सेयर पनि नेप्सेमा सूचीकरण भएको छ । सूर्या लाइफले अघिल्लो वर्षको नाफाबाट वितरण गरेको १२% बोनस र पोखरा फाइनान्सको पनि ८.३६% बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

पोखरा फाइनान्सले कात्तिक २० गते हुने साधारण सभामा गत आर्थिक वर्षको कमाईबाट फेरि १३.६८४% लाभांश वितरण गर्ने प्रस्ताव पनि पेश गर्दैछ । यस फाइनान्सले ५% बोनस र ८.६८४% नगद लाभांश वितरण गर्न लागेको हो । 
 

Post Your Comment