Market Closed

पोखरा फाइनान्सले वित्तीय सूचकहरुलाई यसरी बनाउँदैछ अझ सबल

22 Nov,2019
  • Pokhara-finance-Ltd_7_26_2018_12_55_45.jpg
नेपाली पैसा 
 
काठमाडौं : पोखरा फाइनान्सले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा २ करोड ९३ लाख ५९ हजार ५ सय ७५ रुपैयाँ नाफा खुद कमाएको छ । यो गत वर्षको भन्दा २३.६५% ले धेरै हो । गत वर्ष सस्ंथाले २ करोड ३७ लाख ४४ हजार ९६ रुपैयाँ कमाएको थियो । असोज मसान्तसम्म आइपुग्दा यसको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ३२.४६%र २५.१६% ले बढेको छ ।

गत वर्ष ६ करोड ४४ लाख ७२ हजार २ सय ९३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको पोखरा फाइनान्सले यो त्रैमासमा बढाएर ८ करोड ५४ लाख २ सय ७० रुपैयाँ पुर्याएको छ । यस्तै, कम्पनी सञ्चालन नाफा पनि ३ करोड ३९ लाख २० हजार १ सय ३८ रुपैयाँबाट बढाएर ४ करोड २४ लाख ५७ हजार ८० रुपैयाँ पुर्याउन सफल भएको छ ।

हाल यसको चुक्ता पुँजी ८५ करोड ७२ लाख ७२ हजार ६ सय ६१ रुपैयाँ रहेको छ । रिजर्भ कोषमा २५ करोड ९१ लाख १९ हजार १ सय १३ रुपैयाँ छ । खराब कर्जा १.१९% बाट घटेर ०.९९% आएको छ । प्रतिसेयर आम्दानी १३ रुपैयाँ ७० पैसा (वार्षिक) रहेको यसको प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ९८ पैसा छ । 

पोखरा फाइनान्सको वित्तीय विवरण हेर्नुहोस् । 

Post Your Comment