Market Closed

प्रिमियर र प्रभुले यसरी मार्दैछन् बाजी

13 May,2016
  • premier_insurance_5_13_2016_3_14_59.png
नेपाली पैसा 
काठमाडौं ः बिमा बजार यतिबेला वास्तवमै तातेको छ । 
 
राजधानीको याक एन्ड यति होटेलमा सार्क मुलुकका बिमा नियामकको सम्मेलन भइरहँदा दोस्रो बजारमा बिमा कम्पनीको सेयर कारोबारमा चहलपहल बढेको छ भने सूचीकृत कम्पनीले पनि धमाधम त्रेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । 
 
शुक्रबार सेयर बजारमा कारोबार नहुने भए पनि आइतबारका लागि रणनीति बनाउन दुई निर्जीवन कम्पनी प्रिमियर इन्सुरेन्स र प्रभु इन्सुरेन्सले आफ्नो वित्तीय विवरण सार्वजनिक गरेका छन् । दुवै बिमा कम्पनीले व्यापार बढाउँदै लगेका छन् भने बिमा कोष, जगेडा कोष अनि खुद नाफा पनि मनग्ये सुधार गरेका छन् । 
 
प्रिमियर इन्सुरेन्सले बिमा कोषको आकार बढाएर १४ करोड १० लाख ५७ हजार रूपैयाँ पु¥याएको छ । जबकी गत वर्ष कम्पनीको बिमा कोषमा जम्मा ११ करोड ६ लाख १७ हजार रूपैयाँ थियो । बिमा कोषका आकार बढ्दै जाँदा कम्पनी बलियो हुन्छ । 
 
३७ करोड ३७ लाख ५३ हजार रूपयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा १३ करोड ३२ लाख ४३ हजार जम्मा भइसकेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा प्रिमियरले आठ करोड ५४ लाख ६० हजार रूपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष कम्पनीको खुद नाफा जम्मा ६ करोड सात लाख २६ हजार रूपैयाँ थियो । 
 
कम्पनीले खुद बिमा शुल्क आर्जनमा पनि आकर्षक वृद्धि गरेको छ । गत वर्ष २० करोड ७३ लाख हाराहारीमा मात्र खुद बिमा शुल्क आर्जन गरेकामा यसपटक बढाएर यो शीर्षकमा ३१ करोड ९९ लाख ९४ हजार रूपैयाँ पु¥याएको छ । 
 
प्रिमियरको अर्को अत्यन्तै महत्वपूर्ण पक्ष भनेको बिमा लेख संख्यामा वृद्धि हो । कम्पनीले गत वर्ष यसैअवधिमा जम्मा ४३ हजार चार सय १६ वटा बिमा लेख जारी गरेकामा यतिबेला बिमा लेख संख्या ७८ पाँच सय ३३ पु¥याएको छ । यो वृद्धि निकै उत्साहजनक हो । कम्पनीको प्रतिसेयर आम्दानी २२ रूपैयाँ ८७ पैसा पुग्दा प्रतिसेयर नेटवर्थ एक सय ७३ रूपैयाँ ३९ पैसा छ । 
 
यसैगरी, शुक्रबार नै वासलत बाहिर ल्याएको प्रभु इन्सुरेन्सले पनि आफ्ना प्रगतिका गति अझै छिटो बनाएको छ । चुक्ता पुँजी ३२ करोड ९० लाख ७३ हजार पुगेको यस कम्पनीको जगेडा कोषमा आठ करोड २३ लाख ५६ हजार रहेको छ ।


 
 कम्पनीको बिमा कोषको आकार पनि मजबुत बनाउँदै लगेको देखिन्छ । चैत मसान्तसम्म आइपुग्दा प्रभुको बिमा कोषमा २२ करोड दुई लाख ३२ हजार रूपैयाँ जम्मा भइसकेको छ । कम्पनीले खुद नाफाको आकार पनि निकै गत वर्षको तुलनामा निकै बृहत्तर बनाएको छ ।
 
 गत वर्षको दुई करोड ७५ लाख २६ हजार नाफाबाट बढाएर यसपटक नौ करोड ३५ लाख ४७ हजार पुगेको छ । तर बिमा शुल्क आर्जन र जारी बिमा लेख संख्या भने गत वर्षभन्दा घटेका छन् । 

Post Your Comment