Market Closed

प्रिमियर इन्सुरेन्सले २० प्रतिशत बोनस सेयर प्रस्ताव राखेर पुस १४ मा बोलायो साधारण सभा

16 Dec,2016
  • premier_12_16_2016_12_06_28.png
नेपाली पैसा
 
काठमाडौं : प्रिमियर इन्सुरेन्स कम्पनी (नेपाल) लिमिटेडको तेइसौं वार्षिक साधारण सभा पुस १४ गते हुने भएको छ ।  
 
प्रिमियरले यसपटक साधारण सभामा २० प्रतिशत बोनस सेयर प्रस्ताव लैजाँदैछ । बोनसमा लाग्ने कर तिर्न कम्पनीले ३९ लाख २९ हजार एक सय १९ रुपैयाँ खर्च गर्नेछ ।
 
त्यस्तै, साधारण सभामा प्रिमियरले अधिकृत पुँजी दुई अर्ब रुपैयाँ पु¥याउने विशेष प्रस्ताव पनि लैजाँदैछ । प्रिमियरले एफपीओ पनि ल्याउने तयारी गरेको छ । तर कति आउने भन्ने यकिन भइसकेको छैन । 
 
काठमाडौंको त्रिपुरेश्वरस्थित, बेगनभिल्लामा बिहान ११ बजे साधारण सभा सुरु हुनेछ । साधारण सभा प्रयोजनका लागि प्रिमियरले पुस ७ गतेदेखि पुस १४ गते सम्म सेयरधनी दर्ता किताब बन्द गर्नेछ । 
 
३७ करोड ३७ लाख ५३ हजार चुक्ता पुँजी रहेको प्रिमियरले आर्थिक वर्षकोे पहिलो त्रैमासमा २० करोड चार लाख ४० हजार रपैयाँ खुद नाफा कमाएको छ । 
 
प्रतिसेयर आम्दानी (वार्षिकीकरण) १९ रुपैयाँ ८३ पैसा रहेको प्रिमियरको प्रतिसेयर नेटवर्थ भने दुई सय चार रुपैयाँ ७७ पैसा छ । 
 

Post Your Comment