Market Closed

प्रिमियर इन्सुरेन्सको एफपीओ तपाईंलाई पर्यो कि परेन ? रिजल्ट अब नेपाली पैसामा

01 Feb,2018
  • result_2_1_2018_5_29_48.jpg
नेपाली पैसा 
 
काठमाडौं : प्रिमियर इन्सुरेन्सको एफपीओ रिजल्ट नेपाली पैसामा हेर्न सकिने छ । नेपाली पैसाको होम पेजमा रहेको आइपीओ–एफपीओ रिजल्ट सेक्सनमा गएर तपाईंले आफूलाई सेयर परेको वा नपरेको बारेमा जानकारी लिन सक्नुहुनेछ । रिजल्ट हेर्न पहिला प्रिमियर इन्सुरेन्स कम्पनी छान्नुपर्नेछ । त्यसपछि १६ डिजिटको बोआइडी नम्बर पोष्ट गर्नुपर्नेछ । त्यसपछि सर्च गरेर सेयर परेको वा नपरेको थाहा पाउन सकिनेछ । प्रिमियर इन्सुरेन्सको एफपीओ बिहीबार बाँडफाँट भएको हो । गोलाप्रथाबाट बाँडफाँट गर्दा ६५ हजार ९५१ जना आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् भने ५ जनाको हातमा ११ कित्ताका दरले सेयर परेको छ । कुल १ लाख ८९ हजार ३२१ आवेदकमध्ये १ लाख ८६ हजार ४७५ जनाको आवेदन स्वीकृत भएको छ भने २ हजार ८४६ जनाको आवेदन रद्द भएको छ । कम्पनीले पुस १६ देखि १९ गतेसम्म फेस भ्यालु १०० रुपैयाँमा ६९९ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ७९९ रुपैयाँ दरमा ६ लाख ५९ हजार ५६५ कित्ता एफपीओ बिक्री गरेको थियो । यसको बिक्री प्रबन्धक एनएमबि क्यापिटल हो । प्रिमियरले ५२ करोड ६९ लाख ९२ हजार ४३५ रुपैयाँ बराबरको एफपीओ जारी गरेको हो । कम्पनीले बिमा समितिले तोकेको न्यूनतम चुक्ता पुँजी पुर्याउन एफपीओको सहारा लिएको हो । हाल यसको चुक्ता पुँजी ४४ करोड ८५ लाख ३ हजार ८०० रुपैयाँ छ । एफपीओपछि भने चुक्ता पुँजी ५१ करोड ४४ लाख ६० हजार ३०० रुपैयाँ पुग्नेछ । यस आधारमा कम्पनीलाई बिमा समितिले तोके अनुसारको चुक्ता पुँजी पुर्याउन अझै ठूलो रकम आवश्यक पर्ने देखिन्छ । कम्पनीले हालैमात्र एफपीओले पनि पाउने गरी १३।५२५ बोनस सेयर दिने घोषण गरेको छ ।

 

Post Your Comment