Market Closed

प्रिमियरको नाफा ४०.३६% ले बढ्दा पनि प्रतिसेयर आम्दानी किन दबाबमा ?

21 Nov,2019
  • premier-insurance-company_5_15_2018_10_44_36.jpg
नेपाली पैसा
 
काठमाडौं : प्रिमियर इन्सुरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ७८ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको भन्दा नाफा ४०.३६% ले बढी हो । गत वर्ष यसैअवधिमा यस इन्सुरेन्सले ४ करोड १२ लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 
 
कम्पनीको प्रतिसेयर आम्दानी भने ६ रुपैयाँ ६९ पैसाले घटेर २१ रुपैयाँ ५३ पैसामा आएको छ । नाफा बढे पनि पुँजी वृद्धि अनुपातमा छैन । सोही कारण प्रतिसेयर आम्दानीमा असर गरेको हो । यस कम्पनीको चुक्ता पुँजी गत वर्ष यसैबेलाको तुलनामा ८४% ले बढेको छ । प्रतिसेयर नेटवर्थ पनि १२१ रुपैयाँ ५१ पैसाले घटेर १७२ रुपैयाँ १२ पैसामा आएको छ । 

प्रिमियर इन्सुरेन्सको वित्तीय विवरण । 

Post Your Comment