Market Closed

गत वर्ष ८४% बोनस दिएको प्रिमियर इन्सुरेन्सले यसपटक किन नदिने भयो लाभांश ?

23 Feb,2020
  • premier-insurance-company_5_15_2018_10_44_36.jpg
नेपाली पैसा 
 
काठमाडौं : प्रिमियर इन्सुरेन्सले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट आफ्ना सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने जनाएको छ । कम्पनी सञ्चालक समितिको फागुन ८ गते बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । सोही कारण यसपटक कम्पनीका सेयरधनीको यो वर्ष हात खाली हुने भएको छ । 
 
कम्पनीले नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) अनुसार वित्तीय विवरण तयार पार्दा जगेडा तथा कोषहरुको व्यवस्था गर्नुपर्ने भएकाले गत आवको लागि लाभांश वितरण नगर्ने निर्णय गरिएको बताएको छ । कम्पनीले आर्थिक वर्ष २०७४–७५ मा भने ८४% बोनस सेयर वितरण गरेको थियो । 
 
 
 

Post Your Comment