Market Closed

प्रिमियर इन्सुरेन्सको स्वामित्वमा रहेको सीआइटीको १ लाख ३ हजार कित्ता सेयर लिलामी खुल्यो

13 Jan,2021
  • Auction_10_10_2_1_13_2021_12_32_22.jpg
नेपाली पैसा
 
काठमाडौं : प्रिमियर इन्सुरेन्सले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोष (सीआइटी) कोे संस्थापक सेयर आज बुधबार (पुस २९ गते) बाट बिक्री खुला गरेको छ । कम्पनीले कोषको १ लाख ३ हजार ७०० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । यसमा न्यूनतम भाउ १३ सय ५० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी भाउ अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

माघ ८ गतेसम्म बोलपत्र पेश गर्न पाइनेछ । लगानीकर्ताले न्यूनतम १०० कित्ता र १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ नक्साल काठमाडौं र प्रिमियर इन्सुरेन्सको केन्द्रीय कार्यालय नक्साल काठमाडौंबाट पनि आवेदन दिन सकिनेछ ।
 

Post Your Comment