Market Closed

तीन निर्जीवन बिमा कम्पनीको गत वर्ष यस्तो रह्यो कमाई

19 Aug,2019
  • report_8_19_2019_2_00_58.jpg
नेपाली पैसा 
 
काठमाडौं : आइएमई जनरल इन्सुरेन्सले आर्थिक वर्ष २०७५–७६ को अन्त्यसम्ममा खुद नाफा १.४६% ले वृद्धि गर्दै १७ करोड १२ लाख रुपैयाँ कमाएको छ । बोनस र हकप्रदपछि चुक्ता पुजी १ अर्ब २ करोड ६ लाख रुपैयाँ पुगेको छ । कम्पनीको बिमा कोषको आकार पनि ४८.६०% ले बढेको हो । 


 
यस्तै, एनएलजी इन्सुरेन्सले पनि गत आवको अन्त्यसम्म १४ करोड ४२ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । नाफा अघिल्लो वर्षको भन्दा २९.६७% ले थोरै हो । कम्पनीले ३४.६९% ले वृद्धि गर्दै ५५ करोड ११ लाख ८७ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । 

 
यस्तै, अर्को निर्जीवन बिमा कम्पनी प्रुडेन्सियल इन्सुरेन्सले पनि गत आवको अन्त्यसम्ममा १३ करोड १७ लाख २५ हजार रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा अघिल्लो वर्षको भन्दा १७.०३% ले थोरै हो । कम्पनीले बैंक मोज्दात १८८.७३% ले वृद्धि गरेको छ । ३१ करोड ३२ लाख ४३ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । कुल भुक्तानी हुन बाँकी रकम भने ५१ करोड ८९ लाख ६५ हजार छ । 

 

Post Your Comment