प्राइम लाइफको १६०% हकप्रद भर्न अब ५ दिन मात्र समय, छुट्ला है

09 Apr,2018
  • prime_3__3_1_4_9_2018_5_10_04.jpg
नेपाली पैसा 
 
काठमाडौं : प्राइम लाइफ इन्सुरेन्सको ९७ लाख ६३ हजार २०० कित्ता (१६०%) हकप्रद भर्न अब ५ दिन मात्र समय बाँकी रहेको छ । बैशाख २ गतेसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । प्राइमले फागुन २७ गतेदेखि हकप्रद बिक्री खुला गरेको हो । फागुन १६ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक सिद्धार्थ क्यापटिल लिमिटेड नारायणचौर नक्साल काठमाडौं तथा प्राइम लाइफ इन्सुरेन्सको मुख्य कार्यालय हात्तिसार काठमाडौं र यसका अधिकांश शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । 
 
यसैगरी, धितोपत्र बोर्डबाट इजाजत प्राप्त आस्वा सेवामा सहभागी सबै बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्न मिल्नेछ । बिमा समितिले तोकेको २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन प्रयासरत यस कम्पनीले भारीमात्रामा हकप्रद सेयर बिक्री खुला गरेको हो ।

प्राइम लाइफले हालैमात्र १६०% हकप्रद बिक्रीपछि कायम हुने चुक्ता पुँजीको १२.५% बोनस सेयर दिने घोषणा पनि गरेको छ । कम्पनीले अहिले कायम पुँजीको ३२.५% भए पनि प्रकृयामा रहेको १६०% हकप्रद भर्नेले समेत बोनस पाउने हुँदा वास्तविक बोनस दर १२.५% भएको हो । 
 
हाल प्राइमको चुक्ता पुँजी ६१ करोड २ लाख रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि भने कम्पनीको चुक्ता पुँजी १ अर्ब ५८ करोड ६५ लाख २० हजार रुपैयाँ हुनेछ । प्राइमले यही पुँजीको १२.५% बोनस सेयर दिने निर्णय गरेको हो । बोनसपछि भने चुक्ता पुँजी १ अर्ब ७८ करोड ४८ लाख ३५ हजार रुपैयाँ पुग्नेछ । 
 
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा प्राइमले ११ करोड ५१ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ७६ पैसा र प्रतिसेयर नेटवर्थ २६६ रुपैयाँ ५६ पैसा छ ।
 
 
 
 

Post Your Comment