Market Closed

प्राइम लाइफको खुद नाफा ३६.२६% ले वृद्धि हुँदा बिमा कोषमा कति पुग्यो पैसा ?

01 Aug,2018
  • prime-life-insurance-compa__8_1_2018_10_35_32.jpg
नेपाली पैसा 
 
काठमाडौं : प्राइम लाइफ इन्सुरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासमा २१ करोड ६३ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । प्राइमले ३६.२६% ले नाफा बढाएको हो । अघिल्लो वर्ष प्राइमले १५ करोड ८७ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद बिमा शुल्क पनि १ अर्ब ८६ करोड ८४ लाख ५२ हजार रुपैयाँबाट बढेर २ अर्ब २१ करोड २४ लाख ४० हजार रुपैयाँ पुगेको छ । 
 
यस त्रैमाससम्ममा ३० करोड ५४ लाख ७८ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ भने ९ करोड २२ लाख ३३ हजार रुपैयाँ महाविपत्ति कोषका लागि छुट्याएको छ । प्राइमले १ हजार ४८८ वटा कुल दाबी भुक्तानी गरेको छ । कुल दाबी भुक्तानी हुन बाँकी संख्या ३४ वटा छ । चुक्ता पुँजी १ अर्ब ७८ करोड ४८ लाख ३५ हजार रुपैयाँ रहेको प्राइमको जगेडा कोषमा ९६ करोड ३४ लाख ७ हजार रुपैयाँ छ ।

बिमा समितिको निर्देशन अनुसार २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन प्राइमले १६०% हकप्रद र १२.५% बोनस दिइसकेको छ । हकप्रद र बोनसपछि मात्र कम्पनीको चुक्ता पुँजी १ अर्ब ७८ करोड रुपैयाँ पुगेको हो । यता, कम्पनीले बिमा कोषको आकार पनि ४ अर्ब ८२ करोड ६४ लाख ४८ हजार रुपैयाँबाट बढाएर ६ अर्ब ५३ करोड ९८ लाख ९१ हजार रुपैयाँ पुर्याउन सफल भएको छ ।

प्राइमको प्रतिसेयर आम्दानी भने घटेको छ । अघिल्लो वर्ष ३२ रुपैयाँ ५३ पैसा रहेको प्रतिसेयर आम्दानी यो त्रैमासमा १२ रुपैयाँ १२ पैसामा खुम्चिएको छ । प्रतिसेयर नेटवर्थ पनि २९४ रुपैयाँ ८२ पैसाबाट घटेर १५९ रुपैयाँ १४ पैसामा सीमित भएको छ । चुक्ता पुँजी वृद्धिसँगै प्रतिसेयर आम्दानीमा असर परेको हो । 

Post Your Comment