Market Closed

प्राइम लाइफले अभिकर्तालाई दियो तालिम, बिमा पहुँच विस्तार गर्ने अभियान

03 Dec,2018
  • prime_img_12_3_2018_12_06_35.jpg
नेपाली पैसा 
 
काठमाडौं : प्राइम लाइफ इन्सुरेन्सले अर्घाखाँचीमा नयाँ तथा पुराना अभिकर्ताहरुलाई तालिम दिएको छ । सबै नेपालीलाई बिमाको दायरामा ल्याउने उद्देश्यका साथ कम्पनीले अभिकर्तालाई पुनर्ताजगी कार्यक्रम आयोजना गरेको हो ।

गाउँगाउँमा बिमा सम्बन्धी जनचेतना फैलाउने तथा यसको पहुँच विस्तार गर्ने लक्ष्यसहित तालिम आयोजना गरिएको कम्पनीको भनाई छ । मंसिर १४ र १५ गते २ दिन सन्धिखर्क अर्घाखाँचीमा तालिम आयोजना भएको हो । 
 
कम्पनीको बुटवल शाखा प्रमुख रीता के.सी. मुख्य प्रशिक्षक र अर्घाखाँची कार्यालय प्रमुख नारायण घिमिरेको संयोजत्वमा तालिम सम्पन्न भएको हो । कार्यक्रममा एजेन्सी मेनेजर, इन्सुरेन्स एड्भाइजर, व्यवसाय अधिकृत लगायतले विमाको मार्केटिङ सम्बन्धमा आफ्ना अनुभव सुनाएका थिए ।

साथमा, बजार प्रतिनिधिहरुले यस कम्पनीका ७७ जिल्लाका १४० भन्दा बढी कार्यालयबाट सम्पूर्ण सेवा तथा सुविधा छिटो छरितो प्राप्त गरिरहेको सनाए । तालिममा अर्घाखाँचीका विभिन्न स्थानबाट २८ भन्दा बढी  नयाँ अभिकर्ताहरुको सहभागिता रहेको कम्पनीले जनाएको छ । 
 
 
 
 
 
 
 
 

Post Your Comment