Market Closed

प्राइम लाइफको नाफा २१.४१% घट्दा खुद बिमा शुल्कमा भने आकर्षक सुधार

30 Jan,2019
  • prime-life-insurance-compa__8_1_2018_10_35_32.jpg
नेपाली पैसा
 
काठमाडौं : प्राइम लाइफ इन्सुरेन्सको खुद नाफामा गिरावट आएको छ । इन्सुरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ९ करोड ५ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा ११ करोड ५१ लाख ९३ हजार रुपैयाँ रहेको खुद नाफा अहिले २१.४१% ले घटेको हो ।
 
यता, प्राइम लाइफको खुद बिमा शुल्क भने ३०.९९% ले बढेर १ अर्ब २२ करोड २८ लाख २४ हजार रुपैयाँ पुगेको छ । गत वर्ष खुद बिमा शुल्क ९३ करोड ३५ लाख ११ हजार रुपैयाँ थियो । यस त्रैमाससम्ममा कुल २२ करोड ७८ लाख ७० हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी दाबी रकम भने कुल १ करोड ९२ लाख ८६ हजार रुपैयाँ रहेको छ ।
 
यता, प्राइम लाइफको चुक्ता पुँजी १ अर्ब ७८ करोड ४८ लाख ३५ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यही अवधिमा पुँजी ६१ करोड २ लाख रुपैयाँ मात्र रहेको थियो । रिजर्भ कोषमा ४.८१% ले सुधार भएर ९७ करोड ९० लाख ३९ हजार रुपैयाँ जम्मा भएको छ । 
 
यस्तै, जीवन बिमा कोषमा पनि ३८.०५% वृद्धि हुँदै ७ अर्ब ६८ करोड ९७ लाख ३५ हजार रुपैयाँ पुगेको छ । प्राइम लाइफको प्रतिसेयर आम्दानी १० रुपैयाँ १४ पैसा र प्रतिसेयर नेटवर्थ १६० रुपैयाँ १२ पैसा रहेको छ ।

Post Your Comment