Market Closed

प्राइम लाइफको बोनस पारित गर्न आज एजीएम

13 Jul,2020
  • agm_n_7_13_2020_10_40_52.jpeg
नेपाली पैसा
 
काठमाडौं : प्राइम लाइफ इन्सुरेन्सको साधारण सभा आज सोमबार (असार २९ गते) अग्रवाल भवन कमलपोखरीमा दिउँसो २ बजे बस्दैछ । सभामा कम्पनीले आर्थिक वर्ष २०७४–७५ को नाफाबाट लगानीकर्तालाई १२.५% बोनस सेयर र कर तिर्न नगद वितरण गर्ने प्रस्ताव पेश गर्दैछ ,। कम्पनीले हाल कायम २ अर्ब ७९ लाख ३९ हजार रुपैयाँ चुक्ता पुँजीबाट २५ करोड ९ लाख ९२ हजार रुपैयाँ बराबरको बोनस सेयर दिन लागेको हो ।
 
बोनस वितरणपछि प्राइमको चुक्ता पुँजी २ अर्ब २५ करोड ८९ लाख ३१ हजार रुपैयाँ पुग्नेछ । सभा प्रयोजनका लागि प्राइमले असार १९ गते बुक क्लोज गरीसकेको छ । असार १८ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश पाउने छन् । न्यूनतम सुरक्षाका उपायहरु अपनाएर सभामा सहभागी हुन पनि सेयरधनीलाई कम्पनीले आग्रह गरेको छ । भिडियो कन्फरेन्स मार्फत पनि सभामा सहभागी हुन सकिनेछ ।

Post Your Comment