Market Closed

प्रभु इन्सुरेन्सले बढायो खुद नाफा

21 Nov,2019
  • prabhu-insurance-company-ltd_6_7_25_2018_10_46_10_8_16_2019_9_34_13.jpg
नेपाली पैसा 
 
काठमाडौं : प्रभु इन्सुरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड १० लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ३४.५९% ले बढी हो । गत वर्ष यस इन्सुरेन्सले ३ करोड ४ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।  खुद बिमा शुल्क २.४९% ले घटेर  १६ करोड ९८ लाख ९१ हजार रुपैयाँमा खुम्चिएको छ ।

गत वर्ष १७ करोड ४२ लाख ३६ हजार रुपैयाँ खुद बिमा शुल्क कमाएको थियो । प्रभुको यस त्रैमास सम्ममा ५ करोड १७ लाख ८५ हजार रुपैयाँ खुद दाबी भुक्तानी छ । यसको कुल भुक्तानी हुन बाँकी रकम १५ करोड ७ लाख ३७ हजार रुपैयाँ रहेको छ ।

प्रभुको चुक्ता पुँजी १ अर्ब ५० लाख रहेको छ । यसको जगेडा कोषमा २६ करोड ७४ लाख ६४ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी ४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ छ ।  



प्रभु इन्सुरेन्सको वित्तीय विवरण हेर्नुहोस् । 

Post Your Comment