Market Closed

प्रभु बैंकको ४०% हकप्रद भर्ने म्याद बुधबार सकिंदै, यसरी भरौं सेयर

06 Mar,2018
  • Prabhu-bank-Ltd_3_2_3_6_2018_10_44_11.jpg
नेपाली पैसा 
 
काठमाडौं : प्रभु बैंकको ४०% हकप्रद भर्ने म्याद बुधबार (फागुन २३ गते) सकिंदैछ । यो हकप्रदमा बुधबार कार्यालय समयसम्म मात्र आवेदन दिन सकिनेछ । प्रभुले माघ ७ गतेदेखि फागुन १३ गतेको समयसिमा तोकेर १०ः४ अनुपातमा २ करोड ३५ लाख २५ हजार ६०८ कित्ता सेयर बिक्री खुला गरेको थियो । तर, यसअवधिमा आवश्यक मात्रमा आवेदन नपरेपछि सेयर भर्ने म्याद १० दिन थप गरेर फागुन २३ गतेसम्म पुर्याइएको हो । १०० रुपैयाँ अंकित मूल्यको यस हकप्रदमा पुस २० गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।

बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी काठमाडौं र प्रभु बैंकको प्रधान कार्यालय बबरमहल काठमाडौं तथा यसका अधिकांश शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ । राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउन बैंक ४०% हकप्रद सेयर निष्कासनमा जुटेको हो ।

दोस्रो त्रैमासमा बैंकको चुक्ता पुँजी ६ अर्ब ५३ करोड ३४ लाख १४ हजार रुपैयाँ छ । ४०% हकप्रदपछि भने चुक्ता पुँजी ८ अर्ब २३ करोड ३९ लाख ६२ हजार ८०० रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले ६३ करोड ४९ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी २१ रुपैयाँ ५९ पैसा रहेको प्रभुको प्रतिसेयर नेटवर्थ भने १६३ रुपैयाँ ९२ पैसा छ ।
 

Post Your Comment