Market Closed

प्रभुको किन बिकेन हकप्रद ? २३ लाख २६ हजार कित्ता आउने भयो लिलामीमा

16 Apr,2018
  • Prabhu-bank-Ltd_4_16_2018_10_47_19.jpg
नेपाली पैसा 
 
काठमाडौं : प्रभु बैंकको ४०% हकप्रद सेयर बाँडफाँट भएको छ । बैंकले २ करोड ३५ लाख २५ हजार ६०८ कित्ता सेयर बिक्री खुला गरेकोमा २ करोड ११ लाख ९९ हजार ३२१ कित्ताका लागि मात्र आवेदन परेको छ । अझै २३ लाख २६ हजार २८७ कित्ता हकप्रद बिक्री हुन सकेको छैन । पछिल्लो समय पुँजी बजारमा पनि खासै उत्साह नआएकाले हकप्रद भर्न समेत लगानीकर्ता उत्साहित नभएको देखिन्छ । 
 
बिक्री नभएको हकप्रद सेयर प्रभुले अब लिलामी प्रक्रियाबाट बिक्री गर्नेछ । प्रभुले माघ ७ देखि फागुन १३ गतेको समय सिमा तोकेर १०ः४ अनुपातमा २ करोड ३५ लाख २५ हजार ६०८ कित्ता सेयर बिक्री खुला गरेको थियो । तर, त्यस अवधिमा आवश्यक मात्रमा आवेदन नपरेपछि सेयर भर्ने म्याद फेरि १० दिन थप गरेर फागुन २३ गतेसम्म पुर्याएको थियो ।

समय थप्दा पनि अझै भारी मात्रामा हकप्रद सेयर बिक्री नभएको देखिन्छ । राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउन बैंक ४०% हकप्रद सेयर बिक्रीमा जुटेको हो । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा यस बैंकको चुक्ता पुँजी ६ अर्ब ५३ करोड ३४ लाख १४ हजार रुपैयाँ छ । हकप्रद र बाँकी रहेको सेयर लिलामीमा बेचेपछि चुक्ता पुँजी ८ अर्ब २३ करोड ३९ लाख ६२ हजार ८०० रुपैयाँ पुग्नेछ ।
 
 
 
 

Post Your Comment