Market Closed

प्रभुको साधारण सभा आज १ बजेदेखि, लगानीकर्तालाई रित्तो हात

24 May,2018
  • Prabhu-bank-Ltd_5__5_24_2018_10_57_19.jpg
नेपाली पैसा 
 
काठमाडौं : प्रभु बैंकको साधारण सभा बिहीबार (जेठ १० गते) केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा दिउसो १ बजेदेखि सुरु हुँदैछ । प्रभुले लगानीकर्तालाई भने रित्तो हात बनाउने भएको छ । एजीएममा लाभांश प्रस्ताव छैन । अन्य बैंक तथा वित्तीय संस्था एक्विजिसन गर्नुपरेमा त्यसको जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव लगिंदैछ । 
 
बैंक सञ्चालक समितिमा कम्तिमा १ जना महिला रहने गरी नियमावली संशोधन गर्ने एजेन्डा पनि छ । आर्थिक वर्ष २०७३–७४ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०७४–७५ को लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । 
 
सभा प्रयोजनका लागि बैंकले वैशाख २८ गतेदेखि बिहीबारसम्म (आजसम्म) बुक क्लोज गरेको छ । हाल यस बैंकको चुक्ता पुँजी ८ अर्ब १३ लाख ३४ हजार रुपैयाँ छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा प्रभुले ८६ करोड ७१ लाख २४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । प्रतिसेयर आम्दानी १४ रुपैयाँ ४५ पैसा रहेको यस बैैंकको प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ ५२ पैसा छ ।
 

Post Your Comment