Market Closed

प्रभु बैंकले सुरु गर्यो मास्टर कार्ड सेवा, डिजिटल पेमेन्टमा थप सहज

11 Jan,2019
  • prabhi_mg_1_11_2019_2_23_46.jpg
नेपाली पैसा 
 
काठमाडौं : प्रभु बैंकले अंग्रेजी नयाँ वर्ष २०१९ को अवसर पारेर मास्टर कार्ड सञ्चालनमा ल्याएको छ । बिहीबार सोल्टी होटेलमा आयोजित एक  समारोहमा पीबीएल मास्टर कार्डको औपचारिक शुभारम्भ गरिएको हो ।

डिजिटल पेमेन्टको क्षेत्रमा ख्याति प्राप्त अन्तर्राष्ट्रियस्तरको मास्टर कार्ड कम्पनी र नेपालस्थित प्रभु बैंकको साझेदारीमा इएमभी चीपमा आधारित मास्टर कार्ड सञ्चालनमा ल्याइएको बैंकको भनाई छ । यो सेवा सँगै डिजिटल पेमेन्टमा नयाँ आयाम थपिएको प्रभु बैंकले उल्लेख गरेको छ । 
 

Post Your Comment