Market Closed

प्रभु लाइफको खुद नाफा २६.१९% ले घट्यो, ६० करोडको आइपीओ आउने

11 Feb,2019
  • ipo_news_2_11_2019_1_27_20.jpg
नेपाली पैसा 
 
काठमाडौं : प्रभु लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २ करोड ७४ लाख ६५ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको छ । नाफा गत वर्षको भन्दा २६.१९% थोरै हो । गत वर्ष प्रभुले ३ करोड ७२ लाख ११ हजार ५८० रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीले खुद बिमा शुल्क भने ११ करोड १९ लाख ४१ ह्जार रुपैयाँबाट बढाएर १४ करोड ८७ लाख ६४ हजार १८० रुपैयाँ पुर्याएको छ । चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको यस कम्पनीको रिजर्भ कोषमा ६ करोड ३० लाख १३ हजार रुपैयाँ छ ।

प्रभु लाइफले बिमा समितिले तोकेको न्यूनतम २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन ६० करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने तयारीमा लागेको छ । गत जेठ १० गते सम्पन्न साधारण सभाले ६० करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्ने प्रस्ताव पारित गरिसकेको छ । 
 
जीवन बिमा कोषको आकार पनि ८५ लाख २० हजार ८३८ रुपैयाँबाट बढाएर १७ करोड ३९ लाख ९२ हजार ७४४ रुपैयाँ पुर्याउन पनि कम्पनी सफल भएको छ । प्रभुले महाविपत्ति कोषमा ३९ लाख १९ हजार ३८० रुपैयाँ राखेको छ ।

प्रभु लाइफको दोस्रो त्रैमासको रिपोर्ट यहाँबाट हेर्नुहोस् । 
 

Post Your Comment