Market Closed

प्रभु बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्दै, कति पायो रेटिङ ?

11 Jun,2019
  • Prabhu-bank-Ltd_5__5_24_2018_10_57_19.jpg
नेपाली पैसा
 
काठमाडौं : प्रभु बैंकको १ अर्ब रुपैयाँ बराबरको ऋणपत्रले ‘इक्रा एनपी एलबीबीबी’ रेटिङ पाएको छ । केयर रेटिङ एजेन्सी इक्रा नेपालले यो ऋणपत्रलाई मध्यम कर्जा जोखिम जनाउने रेटिङ दिएको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा १० लाख इकाई ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागिसकेको छ । 
 
यसमध्ये ४ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी ६ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । यस ऋणपत्रमा वार्षिक १०% ब्याजदर पाइनेछ । बैंकले १० वर्ष अवधिको ‘१०% प्रभु बैंक डिबेन्चर २०८६’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गर्नेछ । 
 
पछिल्लो समय बैंकहरुले अतिरित्त पुँजी जुटाउन ऋणपत्र जारी गर्ने क्रम बढेको छ । धितोपत्र बोर्डको व्यवस्था अनुसार कुल निष्कासित इकाईको ४०% ऋणपत्र अनिवार्य रुपमा सर्वसाधारणमा जारी गर्नुपर्ने हुन्छ । तर ऋणपत्रमा सर्वसाधारणको चासो भने निकै कम देखिएको छ ।

Post Your Comment