Market Closed

पुनर्बिमा कम्पनी र प्रभु लाइफ इन्सुरेन्सबीच पुनर्बिमा सम्झौता

10 Jan,2019
  • photo_(4)_1_10_2019_1_29_37.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल पुनर्बिमा कम्पनी र प्रभु लाइफ इन्सुरेन्सबीच २०% प्रत्यक्ष हिस्सा पुनर्बिमा व्यवस्थाको लागि सम्झौता भएको छ । उक्त सम्झौता सरकारले चालु आर्थिक २०७५–७६ को बजेटमा व्यवस्था भए अनुसार रहेको कम्पनीले जनाइएको छ ।
 
पुनर्बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र प्रभु लाइफ इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । उक्त व्यवस्था अनुसार चालु आवको आरम्भदेखि नै पुनर्बिमा हुने र यसबाट दुवै कम्पनी लाभदायी हुने देखिएको जनाइएको छ । 

Post Your Comment