Market Closed

प्रभु लाइफले ६० करोड रुपैयाँको आइपीओ ल्याउन आजै बोलायो एजीएम

24 May,2018
  • ipos_5_24_2018_11_38_32.jpeg
नेपाली पैसा 
 
काठमाडौं : प्रभु लाइफ इन्सुरेन्सको साधारण सभा लैनचौर ब्यांकेट, काठमाडौंमा बिहीबार दिउँसो २ बजे सुरु हुँदैछ । प्रभु लाइफले आइपीओ जारी गर्ने प्रस्ताव एजीएममा पेश गर्नेछ । हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ छ ।

बिमा समितिले तोकेको न्यूनतम २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन कम्पनीले ६० करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्नुपर्नेछ । सभामा सञ्चालक समितिको निर्वाचन पनि हुनेछ । कम्पनीको ठेगाना परिवर्तन, प्रवन्धपत्र तथा नियमावली संशोधन, लेखापरीक्षकको नियुक्ति लगायत एजेन्डा पनि प्रस्तुत हुनेछन् । 
 
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा प्रभु लाइफले ४ करोड ८७ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसको रिजर्भ कोषमा ४ करोड ९० लाख ६७ हजार रुपैयाँ छ । 
 
 
 

Post Your Comment