Market Closed

प्रभु लाइफको खुद नाफा ९.७२% बढ्यो, अब ६० करोडको आइपीओ पनि आउँदैछ

23 Aug,2018
  • report_8_23_2018_4_54_00.jpg
नेपाली पैसा 
 
काठमाडौं : प्रभु लाइफ इन्सुरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासमा ५ करोड ३५ लाख ४० हजार २८१ रुपैयाँ खुद नाफा कमाएको छ । प्रभुले अघिल्लो वर्षको तुलनामा ९.७२% ले नाफा वृद्धि गरेको हो । अघिल्लो वर्ष ४ करोड ८७ लाख ९३ हजार ९७८ रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 
 
यो त्रैमाससम्ममा कम्पनीले ११ करोड २३ लाख ८३ हजार ६४२ रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष ३ करोड १४ लाख २४ हजार २८ रुपैयाँ मात्र बिमा शुल्क आर्जन भएको थियो । प्रभु लाइफले यस अवधिमा ११ करोड ४३ लाख ८४ हजार रुपैयाँ कुल बिमा शुल्क पनि आर्जन गरेको छ । 
 
चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको प्रभुको रिजर्भ कोषमा ५ करोड ३८ लाख १३ हजार ८९७ रुपैयाँ छ । चुक्ता पुँजीको आधारमा हेर्दा रिजर्भ कोष सुधार गर्नुपर्ने देखिन्छ । जीवन बिमा कोषको आकार २ करोडबाट बढाएर ७ करोड ३३ लाख २ हजार ४७८ रुपैयाँ पुर्याइएको छ । 
 
प्रभु लाइफले बिमा समितिले तोकेको न्यूनतम २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन ६० करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने तयारीमा लागेको छ । गत जेठ गते सम्पन्न साधारण सभाले ६० करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्ने प्रस्ताव पारित गरिसकेको छ । 

हेर्नुहोस् प्रभु लाइफको वित्तीय विवरण यहाँ क्लिक गरेर । 
 

Post Your Comment