Market Closed

प्राइम लाइफको खुद नाफा ७.२५% ले बढ्यो, बिमा कोषमा कति पुग्यो पैसा ?

06 Nov,2018
  • prime-life-insurance-compa__8_1_2018_10_35_32.jpg
नेपाली पैसा 
 
काठमाडौं : प्राइम लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६ करोड ८० लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्राइमले यसपटक नाफा ७.२५% ले बढाएको हो । गत वर्ष कम्पनीले ६ करोड ३४ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 
 
खुद बिमा शुल्क पनि ४६ करोड ४१ लाख रुपैयाँबाट बढाएर ६१ करोड ४३ लाख रुपैयाँ पुर्याएको छ । यस त्रैमास सम्ममा प्राइमले ८ करोड ८७ लाख ८८ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । कुल दाबी भुक्तानी संख्या ५७५ वटा छ । यस्तै, कुल दाबी भुक्तानी हुन बाँकी संख्या ४७ वटा रहेको छ । 
 
चुक्ता पुँजी १ अर्ब ७८ करोड ४८ लाख ३५ हजार रुपैयाँ रहेको प्राइमको जगेडा कोषमा १ अर्ब ५ करोड २४ लाख ११ हजार रुपैयाँ छ । बिमा समितिको निर्देशन अनुसार कम्पनीले २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन गत वर्षको कमाईबाट २१ करोड ५१ लाख रुपैयाँ बराबरको बोनस दिनुपर्नेछ । 
 
कम्पनी बिमा कोषको आकार पनि ५ अर्ब २१ करोड रुपैयाँबाट बढाएर ७ अर्ब १७ करोड रुपैयाँ पुर्याउन सफल भएको छ । प्राइमको प्रतिसेयर आम्दानी १५ रुपैयाँ २५ पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ भने १५८ रुपैयाँ ९६ पैसा छ । 

प्राइम लाइफको पूर्ण वित्तीय विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्
 
 

Post Your Comment