Market Closed

प्रभु लाइफको खुद नाफा ६९.३५% ले घट्यो, ६० करोडको आइपीओ आउँदैछ

16 Nov,2018
  • report_8_23_2018_4_54_00.jpg
नेपाली पैसा 
 
काठमाडौं : प्रभु लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड २० लाख ११ हजार २३२ रुपैयाँ खुद नाफा कमाएको छ । नाफा गत वर्षको भन्दा ६९.३५% थोरै हो । गत वर्ष प्रभुले ३ करोड ९१ लाख ९३ हजार ७९५ रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 
 
खुद बिमा शुल्क आर्जन पनि घटेको छ । गत वर्ष ११ करोड १९ लाख ४१ हजार १९३ रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको प्रभुले यो त्रैमासमा ६ करोड ४ लाख १५ हजार ७०० रुपैयाँ मात्र खुद बिमा शुल्क आर्जन गरेको छ । 
 
हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको भने रिजर्भ कोषमा ४ करोड ७५ लाख ५९ हजार २४६ रुपैयाँ छ । प्रभु लाइफले बिमा समितिले तोकेको न्यूनतम २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन ६० करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने तयारीमा लागेको छ ।

गत जेठ १० गते सम्पन्न साधारण सभाले ६० करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्ने प्रस्ताव पारित गरिसकेको छ । यता जीवन बिमा कोषको आकार भने ८ करोड ९० लाखबाट बढाएर १२ करोड ४१ लाख ५६ हजार रुपैयाँ पुर्याइएको छ । कम्पनीले महाविपत्ति कोषमा पनि ३९ लाख १९ हजार ३८० रुपैयाँ राखेको छ ।
 

Post Your Comment