Market Closed

प्रभु लाइफको बिहीबार एजीएम बस्दै, आइपीओ पनि आउँदै

09 Jul,2019
  • ipo_news_1_7_9_2019_10_59_40.jpg
नेपाली पैसा 
 
काठमाडौं : प्रभु लाइफ इन्सुरेन्सको बिहीबार (असार २६ गते) साधारण सभा बस्ने भएको छ । सभामा २०७४–७५ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने, नाफा नोक्सानको हिसाब गरी पारित गर्ने लगायतका एजेन्डा राखिएका छन् । यस्तै, लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने एजेन्डा पनि छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न परे सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पनि छ ।
 
साधारण सभा होटल याक एण्ड यति, दरबारमार्ग, काठमाडौंमा दिउसो ३ बजे सुरु हुनेछ । हाल यस इन्सुरेन्सको १ अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी छ । कम्पनीले बिमा समितिले तोकेको न्यूनतम २ अर्ब चुक्ता पुँजी पुर्याउन अब कम्तिमा पनि ६० करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्नुपर्नेछ । गत वर्ष जेठमा बसेको साधारण सभाले यो आइपीओ ल्याउने प्रस्ताव पारित समेत गरिसकेको छ । 
 
प्रभु लाइफ इन्सुरेन्सले आइपीओ निष्कासन गर्न अझै  धितोपत्र बोर्डमा आवेदन भने दिएको छैन । नेपाल धितोपत्र बोर्डमा आवेदन दिएर स्वीकृति पाए पश्चात आइपीओ निष्कासन प्रक्रिया सुरु हुनेछ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा यस कम्पनीले ३ करोड ८० लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

प्रभु लाइफको एजीएम सम्बन्धी विवरण यहाँबाट हेर्नुहोस् । 
 

Post Your Comment