Market Closed

प्रभु लाइफ इन्सुरेन्सलाई ६० करोडको आइपीओ बिक्री गर्न धितोपत्र बोर्डको अनुमति

27 Nov,2020
  • ipos_n_10_11_2020_4_41_18.jpg
नेपाली पैसा
 
काठमाडौं : प्रभु लाइफ इन्सुरेन्सले ६० करोड रुपैयाँको आइपीओ जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको ६० लाख कित्ता आइपीओ जारी गर्न नियामक निकायबाट अनुमति पाएको हो । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ । प्रभुले आइपीओ निष्कासनका लागि रेटिङ पनि सम्पन्न गरिसकेको छ । यस आइपीओलाई इक्रा नेपालले आइआर बीबी प्लस रेटिङ दिएको छ ।

यसले कम्पनीको आधारभूत अवस्था औषत रहेको संकेत गर्दछ । साथै, यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसत जोखिम रहेको भन्ने पनि जनाउँछ । हाल यस इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । बिमा समितिले तोकेको न्यूनतम २ अर्ब चुक्ता पुँजी पुर्याउन कम्पनीले ६० करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्न लागेको हो ।
 

Post Your Comment