Market Closed

शाइन रेसुंगा, पूर्णिमा र भार्गवले एकै दिन बोलाए विशेष साधारण सभा, बुक क्लोज कहिले ?

02 Jul,2019
  • 1_6_25_2019_11_19_24.jpg
नेपाली पैसा 
 
काठमाडौं : शाइन रेसुंगा डेभलपमेन्ट बैंकले  असार २७ गते विशेष साधारण सभा गर्न असार बिहीबार (असार १९ गते) देखि बुक क्लोज गर्ने भएको । बुधबार (असार १८ गते) सम्म कायम सेयरधनी मात्र सभामा भाग लिन सक्ने भएका छन् । शाइन रेसुंगा, पूर्णिमा र भार्गव विकास बैंकले एकै दिन असार २७ मा विशेष साधारण सभा बोलाएका हुन् ।

शाइनले पूर्णिमा र भार्गवलाई एक्वायर गर्ने प्रस्ताव पारित गर्न तीन वटै बैंकले एकै दिन विशेष सभा बोलाएका हुन् । एक्विजिसन प्रयोजनका लागि लेखापरीक्षकले तयार गरेको सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदन तथा त्यसका आधारमा निर्धारण भएको सेयर स्वाप रेसियो पारित गर्ने मुख्य एजेन्डा सभामा पेश हुनेछ ।
 
यस्तै, एक्विजिसन प्रक्रिया सम्पन्न गर्नका लागि आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । शाइन रेसुंगाले पूर्णिमा र भार्गव विकास बैंकलाई एक्वायर गरिसकेपछि कायम हुने पुँजीको २५% हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि सभामा पेश गर्नेछ ।
 
शाइनले एसियन भिलेज रिसोर्ट, बुटवल भैरहवामा विशेष साधारण सभा गर्नेछ । यसैगरी, पूर्णिमाको होटल पैवा, सिद्धार्थनगर रुपन्देही र भार्गवको होटल सिद्धार्थ भ्यू, नेपालगंजमा बस्नेछ । यी ३ वटै बैंकले बिहान ११ बजे सभा सुरु गर्नेछन् । 
 
शाइन रेसुंगा र पूर्णिमाले गत फागुन २६ गते एक्विजिसन सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका थिए । यस्तै, भार्गवसँग वैशाख ३१ गते सहमति पत्रमा हस्ताक्षर भएको हो । एक्विजिसन सम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएपछि पूर्णिमा र भार्गवको सेयर कारोबार रोक्का छ । यी २ बैंकको भने उक्त मितिसम्म कायम रहेका सेयरधनी मात्र सभामा भाग लिन पाउनेछन् ।
 

Post Your Comment