Market Closed

पूर्णिमा र महुलीको बोनस सेयरमा भाउ समायोजन, यसरी खुल्यो कारोबार

31 Dec,2018
  • price-adjustment-no_12_31_2018_11_15_05.jpg
नेपाली पैसा
 
काठमाडौं : पूर्णिमा विकास बैंकको ५% बोनस सेयरमा मूल्य समायोजन भएको छ । बैंकको ५% बोनस सेयरपछि समायोजित मूल्य १५९ रुपैयाँ ०५ पैसा कायम भएको छ । सोमबार यसको सेयर कारोबार यही मूल्यलाई आधार मानेर खुलेको छ । पूर्णिमाको औसत आधार मूल्य २२६ रुपैयाँ ५२ पैसा छ ।
 
यस्तै, महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको २०% बोनस सेयरमा पनि भाउ समायोजन भएको छ । कम्पनीको २०% बोनस सेयरपछि समायोजित मूल्य १२ सय ८३ रुपैयाँ ३३ पैसा रहेको छ । सोमबार यसको सेयर कारोबार यही मूल्यलाई आधार मानेर खुलेको छ । महुलीको औसत आधार मूल्य १२ सय १५ रुपैयाँ ४२ पैसा छ ।
 
 
 

Post Your Comment